Sagun Khabar
बैतडीको ग्वाल्लेक धाम नजिकै संस्कृत गुरुकुलम् सञ्चालन 

बैतडी–बैतडीको प्रसिद्ध ग्वाल्लेक धाम नजिकै संस्कृत गुरुकुल सञ्चालनमा ल्याइएको छ । 

दशरथचन्द नगरपालिका वडा नं २ ग्वाल्लेक धाम नजिक शिवस्थलीमा श्री शिवशक्ति वेद–वेदाङ्ग संस्कृत गुरुकुलम् सञ्चालनमा ल्याइएको संस्थाका संरक्षक एवं निङ्गलाशैनी भगवती मन्दिरका पूजारी लोकराज भट्टले जानकारी दिए । 

Atrya hospital

उक्त गुरुकुलम् सञ्चालनका लागि स्थानीय समाजसेवी शंकर बोहराले जग्गादान गर्नुभएको छ । सोही स्थानमा गुरुकुलम् सञ्चालन गरिएको भट्टले बताए । 

गुरुकुलम्को आज अक्षय तृतीयाको अवसर पारेर उद्दघाटन समेत गरिएको छ । गुरुकुलम् सञ्चालन समितिका अध्यक्ष शंकर बोहराको अध्यक्षतामा भएको उद्दघाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी, दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द लगायतको उपस्थिती रहेको थियो । 

सनातन परम्परको जगेर्ना गर्ने, संस्कृत शिक्षाको विस्तार गर्ने र सुयोग्य नागरिक उत्पादन गर्ने लक्ष्यसहित गुरुकुलम् सञ्चालनमा ल्याइएको बताइएको छ । 

श्री शिवशक्ति गुरुकुलम्को प्रमुख संरक्षका लवदेव पाण्डेय रहेका छन् भने संरक्षकमा लोकराज भट्ट र सुशील पाण्डेय रहेका छन् । 

गुरुकुलम्मा केही बालबालिकाहरु भर्ना भइसकेका छन् भने पठनपाठनका लागि देवघाट धामबाट प्रशिक्षकहरु आएका पूजारी भट्टले बताए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update