
कञ्चनपुर –नेकपा एमाले बैतडीका सचिवालय सदस्य काशीसिंह बिष्ट माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
एमालेको दोगडाकेदार गाउँपालिकाका पूर्व गाउँ कमिटि अध्यक्ष समेत रहेका बिष्ट बुधबार एमाले छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिष्टलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले टीका लगाएर पार्टीमा प्रवेश गराएका छन् ।
माओवादी केन्द्रले कञ्चनपुरमा आयोजना गरेको ‘तराई–मधेस जागरण अभियान’को समापन समारोहमा बिष्टले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२ ०९:१२
प्रतिक्रिया दिनुहोस्