
कञ्चनपुर – कञ्चनपुरमा चट्याङ लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका –१२ तिल्कीका २८ बर्षीय रतनसिंह राना चट्याङ लागेर घाइते भएका छन् भने उनकी २४ बर्षीया श्रीमती लालमती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।
आइतबार बिहान हावाहुरीसंगै परेको चट्याङमा राना दम्पती परेका हुन् । बगरमा लगाएको तरकारी टिप्न राना दम्पती बारीमा पुगेका थिए ।
मृतक लालमती गर्भवती समेत रहेकी बताइएको छ । घाइते भएका रतनको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२ १८:०८
प्रतिक्रिया दिनुहोस्