कञ्चनपुरमा बोलेरो जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

कञ्चनपुर–कञ्चनपुरमा बोलेरो जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका–२ बंक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६८३ नम्बरको बोलेरो जिपले सोही ठाउँ बस्ने ५० बर्षीय महेन्द्र बिष्टलाई मंगलवार ठक्कर दिँदा उनी घाईते भएका थिए ।
घाइते बिष्टलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी पुर्याएकोमा उपचारको क्रममा मंगलवार साँझ ७ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बोलेरो जिप र जिप चालक बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मोतै बस्ने २१ वर्षीय रवि रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ ०७:२८
प्रतिक्रिया दिनुहोस्