Sagun Khabar
बैतडी केन्द्रविन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

बैतडी-  बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको भूूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिमल्सिनाले जनाएको छ ।

आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । लगत्तै  २ बजे ३ दशमलब ७ रेक्टर स्केलको दोस्रो पराकम्प गएको छ ।

मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए ।

भूकम्पले क्षति पुगे÷नपुगेकोबारे स्पष्ट भइसकेको छैन ।

भूकम्पको धक्का बैतडीसहित सुदूरपहाडका दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा गरिएको छ ।

भूकम्पको क्षतिबारे संकलन भइरहेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बैतडीले सबै युनिट र स्थानीय तहहरुबाट सूचना संकलन भइरहेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ०६:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update