
बैतडी - कैलालीको लम्कीचुहामा अटो पल्टिदा १० महिने बालकको मृत्यु भएको छ।
लम्कीचुहा नगरपालिका-१ भुरुवा स्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको चालक सोही ठाउँ बस्ने ४१ वर्षीय भरत साउँदले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ५१४८ नम्बरको इबी अटोरिक्सा आफै अनियन्त्रि भई पल्टिदा अटोमा सवार उनकै नाति १० महिनाको आयुष साउँदको शनिवार मृत्यु भएको हो।
घाईते बालकलाई उपचारको लागि टीकापुर अस्पताल लगिएकोमा साँझ ४ः३० बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सोही अटोमा सवार लम्कीचुहा बस्ने ४२ वर्षका प्रकाश गिरी र १३ वर्षीय टेकराज साउँद घाईते भएको प्रहरीले बताएको छ।
घाईते भएका दुबै जनाको लालरत्न अस्पताल लम्कीमा उपचार भईरहेको छ। अटो प्रहरीको नियन्त्रणमा रहेको छ भने अटो चालक फरार रहेका छन्। उनको खोजतलास भईरहेको जनाइएको छ।