कञ्चनपुरमा बाल्टीको पानीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर –कञ्चनपुरमा बाल्टीको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–८ तिलचौरका सुरज सिंहकी डेढ वर्षीया छोरी प्रियाको बाल्टीको पानीमा डुबेर मृत्यु भएको हो ।
घरको आँगनमा रहेको बाल्टीको पानीमा शुक्रवार दिउँसो उनी डुबेकी हुन् । पानीमा डुबेपछि उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२ १७:४९
प्रतिक्रिया दिनुहोस्