Sagun Khabar
कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१९ का  ३५ वर्षीय पुरुषको मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ ।

कञ्चनपुरको जीवनरेखा सुधारगृहमा रहेका उनको  स्वास्थ्यमा समस्या भएपछि भरोसाका फर्मेसीमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा उनको मंगलबार निधन भएको जनाइएको छ ।

मृत्युपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए ।  
 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update