Sagun Khabar
कञ्चनपुरको कृष्णपुर नगरपालिकाद्वारा निःशुल्क शव वाहन सेवा सञ्चालन

कञ्चनपुर –कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशुल्क शव वाहन सेवा सञ्चालनमा ल्याएको छ ।

नगरवासीलाई आर्थिक तथा व्यवस्थापकीय सहजता पु¥याउने उद्देश्यले शव वाहन सेवा सञ्चालनमा ल्याएको नगर प्रमुख हेमराज ओझाले बताए ।

नगरबासीलाई पहिलो प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिएको जानकारी दिनु हुदै नगर प्रमुख ओझाले छिमेकी पालिकाका बासिन्दालाई पनि सो सेवा निःशुल्क उपलव्ध गराउने व्यवस्था मिलाईएको बताए  । 

निःशुल्क शव वाहन सेवाको सञ्चालनसँगै नागरिकले नगरपालिकासंगै सम्बन्धित वडाबाट सहज रूपमा सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ ।  चालकसंग सम्पर्क गरेर पनि सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको नगरपालिकाको वडा नं २ का वडा सदस्य अर्जुन बहादुर साउदले बताए । नगरपालिकाले यसअघि  एम्बुलेन्स सेवा, स्वास्थ्य शिविर, विपन्न लक्षित कार्यक्रम जस्ता सामाजिक पहलहरू सञ्चालन गर्दै आएको छ ।  शववाहन सेवा थपिएसँगै नगरपालिकाले नागरिकमैत्री सेवा विस्तारमा नयाँ उदाहरण प्रस्तुत गरेको उनले बताए ।

नगरपालिकाको आन्तरिक आयमध्ये २६ लाखको लागतमा शव वाहन खरीद गरिएको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update