Sagun Khabar
पानीको खाल्डोमा डुबेर एक बालकको मृत्यु 

अछाम –अछाममा पानीको खल्डोमा डुबेर एक बालकाको मृत्यु भएको छ ।

जिल्लाको साँफेबगर नगरपलिका १ ग्वालेकोटस्थित बुढीगंगा नदी किनारामा ढुङ्गा, गिट्टी निकाल्दा बनेको खाल्डोमा डुबेर ११ बर्षीय सक्षम परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

खेल्ने क्रममा शुक्रबार परियार खाल्डोमा डुबेका र उपचारका लागि बयलपाटा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।  
 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update