Sagun Khabar
अनलाइन टिभी पत्रकार संघ कैलालीको अध्यक्षमा साउँद चयन 

कैलाली  –अनलाइन टिभी पत्रकार संघ नेपाल, कैलालीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आलोकजङ्ग साउँदको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । 

समितिको उपाध्यक्षमा रमेश ऐडी, सचिवमा रमित पाण्डे, सह–सचिवमा तिलखराज ढुङ्गाना र कोषाध्यक्षमा मञ्जु भण्डारी चयन भएका छन् । 

यस्तै समितिको चार सदस्यमा समावेशीतर्फ सागर चौधरी र प्रेम कामी, चयन भएका छन्  खुलातर्फ यज्ञराज अवस्थी र गणेश बिष्ट चयन भएका छन् । 

अनलाइन टिभी पत्रकारहरूको हकहित सुनिश्चित गर्ने, पेशागत अधिकारको संरक्षण गर्ने र अनलाइन पत्रकारिताको मर्यादा तथा गरिमालाई स्थापित गर्ने उद्देश्यसहित नयाँ कार्यसमिति गठन गरिएको हो । 

समितिले पत्रकारहरूको क्षमता अभिवृद्धि, व्यावसायिक दक्षता, तालिम तथा सीप विकासका कार्यक्रम सञ्चालन गर्ने मात्र नभई, सूचना प्रवाहलाई विश्वसनीय, तथ्यपरक र जिम्मेवार बनाउन सक्दो योगदान दिने निर्णय पनि गरेको छ ।

यस्तै, समितिले अनलाइन पत्रकारिताको वर्तमान चुनौती समाधान गर्ने, पत्रकारलाई सुरक्षित वातावरणमा काम गर्ने अवसर उपलब्ध गराउने र उनीहरूको आर्थिक तथा सामाजिक हैसियत मजबुत बनाउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।

सरोकारवाला निकायसँग सहकार्य र समन्वय गर्दै पत्रकारिताको गुणस्तर सुधार गर्ने, लोकतन्त्र सुदृढ पार्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि योगदान दिने उद्देश्यले समिति गठन भएको समितिका सदस्य यज्ञराज अवस्थीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update