आज सुनको भाउ कति

बैतडी - आज सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ ।
तोलामा तीन सय रुपैयाँले बढेर आज सुन तोलाको एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ९८ हजार सात सय रुपैयाँ थियो । यस्तै चाँदी १५ रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ६० रुपैयाँ थियो ।
प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२ १४:१८
प्रतिक्रिया दिनुहोस्