Sagun Khabar
डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु , ६ जना घाइते

डडेल्धुराः डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । 

 बिहीवार बिहान उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले उनीहरुको घटनास्थलमै मृत्यु भएको बताए। मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update