Sagun Khabar
बस दुर्घटनामा परि २ जनाको मृत्यु

बैतडी - महोत्तरीमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ। आज बिहान बर्दिवास नगरपालिका- १० खयरमारामा ना ६ ख १४६४ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक जना पैदल यात्रु र एक अर्का सोही बसका यात्रीको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार दुर्घटनामा परि स्थानीय ६५ वर्षीय पैदल यात्रु चुल्हाई चौधरी घटनास्थलमै ज्यान गएको हो। यस्तै सोही बसमा सवार सर्लाही ईश्वरपुर नगरपालिका - १२ का १० वर्षीय प्रमिस खडकाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

यसैबीच दुर्घटनामा परी १३ महिलासहित २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घाइतेहरूलाई बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको स्रोतमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update