Sagun Khabar
यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु - दर्जन बढी यात्रु घाइते

बैतडी - कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी यात्रु घाइते भएका छन्।

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.८ ख ५७०३ नम्बरको बस कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१, वनकसवासास्थित महेन्द्र राजमार्गमा दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा डोटीको दिपायल सिलगढी नगरपालिका–१ की सरस्वती खड्काको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर रहेको तथा गम्भीर र मध्यम घाइते १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ। प्रहरीका अनुसार बिहानको समयमा तीव्र गतिमा गुडिरहेको बस मोडमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update