Sagun Khabar
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर –कञ्चनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको वेदकोट नगरपालिका–८ आमथलामा शुक्रवार दिउँसो दुर्घटना भएको हो ।

भारतको विहारका अवधेशकुमार महतोले चलाएको नयाँ मसला बनाउने आर्गाे मिक्सरसँग वेदकोट नगरपालिका–७ सुडाका ३१ वर्षीय शिव रानाले चलाएको म २ प ८४०२ नम्बरको मोटरसाइकल ठोक्किएको हो । 

सवारी दुर्घटनामा घाइते भएका रानाको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार सोही ठाउँका भीम राना घाइते भएका छन् । उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार जारी रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update