सुनको भाउ आज एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँले घट्यो
सुनको भाउ आज एकैदिन तोलामा छ हजार नौ सय रुपैयाँले घटेको छ । सुन आज छ हजार नौ सय रुपैयाँले घटेर तोलाको दुई लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ४९ हजार सात सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी पनि आज एकैदिन तोलामा एक सय ५० रुपैयाँ घटेको छ । चाँदी आज एकैदिन एक सय ५० रुपैयाँ घटेर तोलाको तीन हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको तीन हजार दुई सय ८५ रुपैयाँ थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२ १२:५१
प्रतिक्रिया दिनुहोस्




