Sagun Khabar
दार्चुलाकी लक्ष्मी जोशी हत्या प्रकरण : बैतडीका एकसहित दुई जना पक्राउ

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलकी ७१ बर्षीया वृद्धा लक्ष्मी जोशीको हत्या आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । 

गएको सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हेमराज भट्टले बताए । 

पक्राउ पर्नेमा बैतडीको डिलाशैनी गाउँपालिका–५ लेट्ठेकोटमा २४ बर्षीय गोपाल नाथ र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ बस्कोटका २४ बर्षीय उमेश साउँद रहेका छन् । उनीहरुको साथबाट सुनको दुई थान कानको मुन्द्री, १ थान नाकको मुन्द्री र एक थान नाकको फुली बरामद गरिएको प्रहरी निरीक्षक भट्टले बताए । 

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा जोशीको हत्यामा उनीहरुको संलग्नता रहेको देखिएकाले पक्राउ गरिएको जनाइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update