धादिङ बस दुर्घटना : मृत्यु हुनेको संख्या १९ पुग्यो
काठमाण्डौ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै गएराति भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
पोखराबाट काठमाण्डौका लागि छुटेको ग २ ख १४२१ नम्बरको बस गएराति साढे १ बजेतिर त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा घाइते २५ जनाको धादिङ र काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२ ११:२४
प्रतिक्रिया दिनुहोस्




