उपचारका लागि शेरबहादुर देउवा सिंगापुर प्रस्थान
काठमाण्डौं –शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री देउवा बुधबार राति ११ः३० बजे सिंगापुर गएका विमानस्थल सुरक्षा स्रोतले जनाएको छ ।
चुनाव हुन अब एक साता मात्रै बाँकी रहेको अवस्थामा उनी विदेश प्रस्थान गरेपछि यसपटक मतदानसमेत नगर्ने निश्चित भएको छ । डडेल्धुरा बाट सात पटक निर्वाचन लडेका देउवा यसपटक भने उम्मेदवार छैनन् ।
विशेष महाधिवेशनबाट पार्टी सभापति पद गुमाएपछि उनी हाल सक्रिय राजनीतिबाट केही निष्क्रिय देखिएका छन् ।
डडेल्धुरामा यसपटक कांग्रेसबाट नैनसिंह महर उम्मेदवार बनेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२ ११:१७
प्रतिक्रिया दिनुहोस्




