महाकाली नदीमा डुबेर १२ बर्षीय बालकको मृत्यु
डडेल्धुरा –डडेल्धुरामा महाकाली नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको परशुराम नगरपालिका–६ भोरकुण्डा भन्ने ठाउँमा महाकाली नदीमा डुबेर १२ बर्षीय बालक योगेश धामीको मृत्यु भएको हो ।
शनिबार दिउँसो आफ्ना ४–५ जना साथीहरुसँग महाकाली नदीमा पौडी खेलीरहेका बेला धामी एक्कासी डुबेका थिए । नदीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १, २०८२ १३:२३
प्रतिक्रिया दिनुहोस्




