Sagun Khabar
विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाइँदै 

बैतडी –बैतडी सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाइँदै छ । दिवसको अवसरमा बैतडीका विभिन्न ठाउँमा सरसफाई कार्यक्रम गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

यस्तै दिवसको अवसर पारेर शनिबारदेखि साँझको समयमा दिपावली गर्ने कार्यक्रम राखिएको र सबैलाई आ–आफ्नो घरमा दिपावली गर्न आग्रह गरिएको सूचना अधिकारी भारतीले बताए । 

सोमबार सम्म दिपावली गर्ने, संविधानका बिषयमा अन्तरक्रिया गर्ने लगायतका कार्यक्रम जारी रहने उनले बताए । यस्तै पाटन नगरपालिकाले पनि दिवसको अवसरमा अन्तरक्रिया गरेको छ । जिल्लाका अन्य स्थानीय तहमा पनि संविधान दिवसको अवसरमा कार्यक्रम गरिएका बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update