Sagun Khabar
दार्चुलाका एकजना लडेर महाकाली नदीमा बेपत्ता 

बैतडी –दार्चुलाको लेकम गाउँपालिका वडा नं ३ का २७ बर्षीय टीकाराम टमाटा बाटोमा हिडीरहेका बेला लडेर महाकाली नदीमा बेपत्ता भएका छन् । आइतबार दिउँसो बैतडीको झुलाघाटबाट सेरा हुँदै लेकम जाने क्रममा झुलाघाट र सेराको बीचमा पर्ने बाटोबाट लडेर टमाटा बेपत्ता भएका सशस्त्र प्रहरीको बिओपी झुलाघाटले जनाएको छ । 

टमाटा भारतको झुलाघाटबाट सामान किनेर लेकम जाँदै गरेका थिए । साँघुरो बाटो भएका कारण टमाटा एक्कासी लडेर महाकालीमा बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

बेपत्ता भएका टमाटाको खोजी कार्य जारी रहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता टमाटाको खोजी कार्य गरिरहेको बताइएको छ ।

झुलाघाटबाट सेरा जाने बाटो निकै साँघुरो रहेको र हिडडुल गर्नेहरुलाई निकै जोखिम रहेको बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update