Sagun Khabar
मन्त्रिपरिषद् बैठक :  चैत १९ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिश, संविधान संशोधनका लागि कार्यदल गठन


काठमाण्डौ – सरकारले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आउँदो बिहीवार चैत १९ गतेका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते दिउँसो २ बजेका लागि संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए ।

यस्तै बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । संविधान संशोधन बहस पत्र तयार गर्न प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

प्रवक्ता पोखरेलकाअनुसार संविधान संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक पर्ने भएकाले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको अध्यक्षतामा बन्ने समितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि रहनेछन् ।
 

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update