बिहीबारदेखि संसद अधिवेशन शुरु हुने
काठमाण्डौ – संघीय संसद्को अधिवेशन पर्सि बिहीबारदेखि शुरु हुने भएको छ ।
मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।
फागुन २१ को चुनावबाट प्रतिनिधिसभा गठन भएपछि पहिलो पटक संसद् अधिवेशन बस्न लागेको हो । संसदको पहिलो अधिवेशनमा प्रतिनिधिसभामा सभामुख र उपसभामुखको चुनाव हुनेछ ।
प्रतिनिधिसभाको पहिलो बैठक शुरु भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुखको चुनाव गर्नुपर्छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२ ०८:००
प्रतिक्रिया दिनुहोस्




