सरकारी सूचना र विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्रै दिने सरकारको निर्णय अस्वीकार : महासङ्घ
काठमाण्डौ – सरकारी सूचना र विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ ।
महासङ्घले आज विज्ञप्ति निकालेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै सङ्घ, प्रदेश र पालिकाहरूलाई पठाएको परिपत्रप्रति ध्यानाकर्षण भएको जनाएको हो । सरकारको यो कदमले निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमलाई धराशायी बनाउने र स्वतन्त्र प्रेसमाथि नियन्त्रण गर्ने महासङ्घको ठहर छ ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२ १८:५२
प्रतिक्रिया दिनुहोस्




