Sagun Khabar
जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर कैदीबन्दी !

बैतडी –जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा बन्दीहरुलाई समस्या भएको छ । २५ जनाको क्षमता भएको कारागारमा अहिले ७५ जना कैदीबन्दी राखिएका छन् । क्षमता भन्दा बढी कैदी बन्दी हुँदा बसोबासका लागि पनि निकै समस्या भएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिए । 

कैदीबन्दीहरुलाई बसोबासको समस्या भएपछि कारागार परीसरमा टेन्ट राखेर बसोबासको व्यवस्था मिलाएको उनले बताए । उनले भने ‘कैदी बन्दीहरुलाई बसोबासकै समस्या रहेको छ । क्षमता भन्दा बढी कैदी बन्दी हुँदा हामीलाई व्यवस्थापनमा निकै समस्या भएको छ ।’

कारागार परिसरमा दुईओटा टेन्ट राखिएका छन् भने कोठाहरुमा पनि खाटमाथि खाट राखेर बसोबासको व्यवस्था मिलाइएको तिवारीले बताए । क्षमता भन्दा बढी कैदी बन्दी हुँदा निकै समस्या भएको जेलर तिवारीको भनाई छ ।

Atrya hospital

पुरानो भवन पनि जीर्ण भईसकेकाले कैदी बन्दीहरुलाई बसोबासका लागि निकै समस्या भएको छ । जिल्ला कारागारमा महिला कैदीबन्दी आएमा डडेल्धुरा पठाउनुपर्ने बाध्यता रही आएको छ । क्षमता भन्दा बढी कैदी बन्दी हुँदा अन्य व्यवस्थापनमा पनि समस्या भएको जेलर तिवारीले बताए । 

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update