Sagun Khabar
बैतडीको गुजरमा विद्युत सेवा अवरुद्ध 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ३ मा विद्युत सेवा अवरुद्ध हुँदा स्थानीयहरुलाई समस्या भएको छ । गुजरमा विद्युत सेवा अवरुद्ध भएको एक हप्ताभन्दा बढी भईसक्दा समेत सुचारु नभएको स्थानीय अम्बादत्त पन्तले जानकारी दिए । उनले भने ‘हाम्रो गाउँमा विद्युत अवरुद्ध भएको एक हप्ता भन्दा पनि बढी भईसकेको छ । हामीलाई मोबाइल चार्ज गर्न समेत समस्या भईरहेको छ ।’

गुजर क्षेत्रमा राखिएको ट्रान्सफर्मरमा समस्या आएकाले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण पाटन युनिट कार्यालयका प्रमुख पुष्पराज भट्टले जानकारी दिए । सो ठाउँमा ट्रान्सफर्मर राख्नका लागि व्यवस्था गरिसकिएको र एकदुई दिनभित्रै विद्युत सुचारु हुने उनले दाबी गरे । 

स्वास्थ्य सन्देश
Atrya hospital

गुजर क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुँदा स्थानीयहरुलाई निकै समस्या परेको अर्का स्थानीय विनोद पन्तले जानकारी दिए । प्रत्येक बर्ष ट्रान्सफर्मरमा समस्या आउने र ट्रान्सफर्मर राख्ने ठाउँमा स्थानीयहरुले ट्रान्सफर्मर बोकेर लैजानुपर्ने बाध्यता रही आएको उनले बताए । उनले भने ‘अहिले ट्रान्सफर्मर राखिएको ठाउँमा बर्षेनी ट्रान्सफर्मर बिग्रने गर्दछ । त्यसैले हामीले ट्रान्सफर्मर अर्को ठाउँमा राख्न आग्रह गरेका छौं ।’

ट्रान्सफर्मर बिग्रिँदा आफूहरुले बोक्नुपरेपनि त्यो बाफतको ज्याला नपाउने गरेको स्थानीयहरुको गुनासो रही आएको छ । तर युनिट कार्यालयका प्रमुख भट्टले ट्रान्सफर्मर बोके बाफतको पैसा नियमानुसार भुक्तानी हुने दाबी गरे । 

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update