Sagun Khabar
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, गृहमन्त्री सुधन गुरुङ तेस्रोबाट पाँचौँ नम्बरमा

काठमाण्डौ – सङ्घीय मन्त्रिपरिषद् सदस्यहरूको मर्यादाक्रम हेरफेर भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार मर्यादाक्रम हेरफेर गरेका हुन् । 

यसअघि तेस्रोमा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौँ नम्बरमा पुगेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरीयतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यथावत् रहेका छन् भने तेस्रो वरीयतामा परराष्ट्रमन्त्री शिशिर खनाल आएका छन् । 

चौथौ वरीयतामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update