Sagun Khabar
योजना आयोगको उपाध्यक्षमा भट्ट र राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

काठमाण्डौ – सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको हो । भट्टले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट केही समयअघि मात्रै अवकाश लिएका थिए । 

यस्तै बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update