Sagun Khabar
महाकालीमा बेपत्ता दार्चुलाका टमाटा अझै भेटिएनन् 

बैतडी –बाटोबाट लडेर महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको लेकम गाउँपालिका वडा नं ३ का २७ बर्षीय टीकाराम टमाटा अझै फेला परेका छैनन् । 

आइतबार दिउँसो बैतडीको झुलाघाटबाट सेरा हुँदै लेकम जाने क्रममा झुलाघाट र सेराको बीचमा पर्ने बाटोबाट लडेर टमाटा बेपत्ता भएका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

टमाटा भारतको झुलाघाटबाट सामान किनेर लेकम जाँदै गरेका थिए । साँघुरो बाटो भएका कारण टमाटा एक्कासी लडेर महाकालीमा बेपत्ता भएका प्रहरीले जनाएको छ । 

महाकालीमा बेपत्ता भएका टमाटाको आइतबारदेखि खोजी कार्य जारी रहेको भएपनि अहिले सम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

टमाटाको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको उनले बताए । झुलाघाटबाट सेरा जाने बाटो निकै साँघुरो रहेको र हिडडुल गर्नेहरुलाई निकै जोखिम रहेको बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update