Sagun Khabar
मानव अधिकार रक्षकहरुको सवालमा राज्य जिम्मेवार बन्नुपर्नेमा बैतडीका सरोकारवालाहरुको जोड 

बैतडी –मानव अधिकार रक्षकहरुको सुरक्षाका सवालमा राज्य जिम्मेवार बन्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मंगलबार आयोजना गरेको ‘मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षाका सवालहरु’ विषयक छलफल कार्यक्रममा सहभागि सरोकारवालाहरुले यस्तो बताएका हुन् । 

कार्यक्रममा उपस्थित सरोकारवालाहरुले सरकारले नितिमा मात्रै नभई व्यवहारिक रुपमा पनि मानव अधिकार रक्षकहरुको सवालमा जिम्मेवार हुनुपर्ने बताएका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

महिला मानवअधिकारकर्मी सरस्वती नेपालीले राज्यले मानव अधिकारकर्मीको सवालमा निति अनुसार काम गर्न नसकेको गुनासो गरिन् । उनले भनिन् ‘नितिमा मानव अधिकार रक्षकहरुको सवालमा सान्तोषजनक कुरा उल्लेख गरिएका छन् । तर व्यवहारमा कार्यान्वयन नहुँदा समस्या भएको छ ।’ 

कार्यक्रमका सहभागी सरोकारवालाहरुले विपन्न वर्गहरुको मानव अधिकारको अझै रक्षा हुन नसकेको गुनासो गरेका छन् । नेपालको संविधानले शिक्षा, स्वास्थ्य, आवास लगायतका आधारभूत कुराहरु ग्यारेन्टी गरेको भएपनि त्यसमा अझै पहुँच पुग्न नसकेको बताएका छन् ।  

कार्यक्रममा बोल्दै नेपाल बार एसोसियसन बैतडीका अध्यक्ष एवं अधिवक्ता हरिदत्त भट्टले जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिहरुले अझै कोरोना विरुद्धको खोप पाउन नसकेको बताए । उनले भने ‘सामान्य परिवारका जेष्ठ नागरिक र अपाङगता भएकाहरु खोपबाट वन्चित हुनुपर्ने बाध्यता रही आएको छ ।’ 

जिल्लाको नेपाल–भारत सीमानाका झुलाघाटमा यात्रुहरुले सास्ती भाग्नुपरेको गैरसरकारी संस्था महासंघका गोवीन्दराज जोशीले बताए  । 

मानव अधिकारकर्मिहरुको गुनासाहरुको जवाफमा दिदै प्रमुख जिल्ला अधिकारी रोजेन्द्रदेव पाण्डे समस्या परेका विषयमा तुरुन्तै आफुहरुलाई खबर गर्न आग्रह गरे ।  उनले भने ‘मानव अधिकार रक्षकहरुको सुरक्षा र जनताको मानव अधिकार प्रत्याभुत गराउन हामी लागिपरेका छौँ । कुनै समस्या भए कनुै औपचारिक कार्यक्रमनै नकुरी तुरुन्त हामीलाई सम्पर्क गर्नुहोला’ 

कार्यक्रमलाई सम्बोधन गर्दै इन्सेक सुदूरपश्चिम संयोजक खडकराज जोशीले मानव अधिकारकर्मीहरुको सुरक्षाका सवालमा राज्य जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपाल सरकार गृह मन्त्रालयले मानव अधिकारकर्मीहरुको सुरक्षाका लागि जारी गरेको आदेशलाई पालना  गर्नुपर्ने बताए । 

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update