Sagun Khabar
कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण साेध्याे

नेपाली कांग्रेसले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

कांग्रेस अनुशासन समितिको आज बसेको बैठकले पार्टीको लेटरप्याडमार्फत आफूसँग नभएको जिम्मेवारी प्रयोग गरी नेता खड्काले गएको चैत ३० गते विधान विपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधेको हाे ।

समितिले नेता खड्काले यसअघि चैत १४ गते पनि पार्टीको लेटरप्याडमार्फत वक्तव्य जारी गरेको भन्दै सचेत गराउने निर्णय गरेको थियो ।

यसैगरी समितिले गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा पार्टीको विधान विपरीत अनुशासन उल्लङ्घन गरेका व्यक्तिमाथि उजुरी दिने अवधि थप गरी यही वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  १५:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update