Sagun Khabar
कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक किशोरको हत्या

कञ्चनपुरः कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक किशोरको हत्या गरिएको छ।

घाइते उज्जल सायरको उपचारको क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती, कञ्चनपुरबाट प्रहरी टोली खटिई धारिलो हतियार प्रहार गर्ने व्यक्तिको खोजतलास भईरहेको जनाएको छ। घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update