Sagun Khabar
बैतडीमा एक वडा सदस्यले भरुवा बन्दुक चलाए पछि...

बैतडी- बैतडीमा एक वडा सदस्यले भरुवा बन्दुक चलाउदा आफै घाइते भएका छन । जिल्लाको सुर्नया गाउँपालिका वडा न. २ का वडा सदस्य ४५ वर्षीय दान बहादुर ऐरीले घरमा भरुवा बन्दुक चलाउदा गोलीको छर्रा लागेर आफै घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक बलदेब बडुले बताए । 

बुधबार राती आफैले भरेको बन्दुक पड्केर घाइते भएका ऐरीलाइ राती नै जिल्ला अस्पताल बैतडी पु¥याएको भएपनि थप उपचारको लागी घनगढी पठाईएको बडुले बताए । 

बुधबार राती सिलिण्डर पड्केर घाइते भएको बताए पनि परिवारबाट बुझ्दैजादा आफैले भरेको बन्दुक पड्केर घाइते भएको प्रहरी निरीक्षक बडुले बताए । 

धनगढीमा उपचार भइरेका सदस्य ऐरीको अवस्था मध्यम रहेको बताईएको छ । 

घाइते दान बहादुर ऐरीको घरमा रहेको भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update