कञ्चनपुर –कञ्चनपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
शुक्लाफाँटा नगरपालिका–८ स्थित भित्रि सडक खण्डमा म २ प ५०५५ नम्बरको मोटरसाइकल र से ६ प ५९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा से ६ प ५९१३ नम्बरको मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–८ पारीफाटा बस्ने ४५ बर्षीय मिनबहादुर जागरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका जागरीको उपचारका क्रममा बुधबार बेलुकी सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जागरीसँगै मोटरसाइकलको पछाडी सवार सोही ठाउँ बस्ने ५५ बर्षीय मंगल महरा र म २ प ५०५५ नम्बरको मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–८ पारीफाटा बस्ने ४२ बर्षीय कम्मान सिह ठगुन्ना घाइते भएका छन् ।
घाइते दुवै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।





