Sagun Khabar
पुरानो फैसला कार्यान्वयन गर्न पत्रकार खेम भण्डारी पक्राउ 

कञ्चनपुर –कञ्चनपुरका पत्रकार खेम भण्डारी लाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर राउतका अनुसार भण्डारीलाई बिहीबार बिहान करिब ७ बजेतिर भीमदत्त नगरपालिका–१८ बाट पक्राउ गरिएको हो । 

गाली बेइज्जती मुद्दामा अदालतले भण्डारीलाई एक महिना सात दिन कैद र १२ हजार १०० रुपैयाँ जरिवाना तोकेको फैसलाको कार्यान्वयनका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्त प्रकरणमा पत्रकार भण्डारीले मानसखण्ड दैनिक र सामाजिक सञ्जालमा समेत आफ्नो विषयमा लेख्दा प्रतिष्ठामा आँच पुगेको भनि तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले जिल्ला अदालतमा मुद्दा दिएका थिए । 

जिल्ला अदालतले २०८२ जेठ १ गते सोही मुद्दामा पत्रकार भण्डारीलाई १ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको थियो । उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले पनि २०८२ चैत २२ मा  जिल्लाको फैसलालाई नै सदर गर्दै ७ दिन कैद र २ हजार १ सय जरिवाना थप गरेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  १०:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update