Sagun Khabar
दार्चुलाको शैल्यशिखरमा निषेधाज्ञा जारी 

दार्चुला–दार्चुलाको शैल्यशिखर नगरपालिकाका विभिन्न स्थानामा निषेधाज्ञा जारी गरिएको छ । शैल्यशिखर नगरपालिकाका विभिन्न स्थानका व्यक्तिहरुमा नयाँ भेरियन्ट सहितको कोरोना देखिएकाले निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

शैल्यशिखर नगरपालिकाको अनुरोधमा बिहीबार साँझ देखि अर्को सूचना नभए सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार शैल्यशिखर नगरपालिकाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

वडा नं १ का बलाँच बजार क्षेत्र, वडा नं २ को देथला, वडा नं ३ को कर्कले, वडा नं ५ को महाकाली लोकमार्गमा पर्ने बजार क्षेत्र, वडा नं ६ को महाकाली लोकमार्गमा पर्ने बजार क्षेत्र र वडा नं ९ को गोकुलेश्वर बजार क्षेत्र, कठपते, गाँजरी, नायल र घट्टीगाडमा निषेधाज्ञा जारी गरिएको हो ।

कोरोना भाईरसको संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएकाले पालना गर्न समेत प्रशासनले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update