Sagun Khabar
डोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदी फरार 
फाइल तस्वीर

डोल्पा — जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएका छन् । गएराति कारागारभित्रैबाट सुरुङ खनेर उनीहरू भागेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

आज बिहान साढे ५ बजे कैदीबन्दीहरूको नियमित गणना गर्ने क्रममा संख्या नपुएपछि मात्र उनीहरू भागेको रहस्य खुलेको हो । जम्मा १७ जना कैदीबन्दी रहेको उक्त कारागारमा उनीहरूलाई राखिएको कोठाको भित्री भागबाट बाहिरसम्म करिब चार मिटर लामो सुरुङ खनिएको पाइएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीले फरार कैदीहरूको खोजीकार्य तीब्र पारेको छ । यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  ११:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update