Sagun Khabar
बैतडीमा मिठाई पसलमा अनुगमन, विभागको निर्देशन कार्यान्वयन गर्न आग्रह

बैतडी–बैतडी सदरमुकाममा मिठाई पसलहरुमा अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले गोठलापानी र शाहीलेकमा रहेका मिठाई पसलहरुमा अनुगमन गरेको डिभिजन प्रमुख विक्रम श्रेष्ठले जानकारी दिए । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई पसलहरुमा मिठाईको मूल्य, सम्मिश्रण हुने कच्चा पदार्थ, उत्पादन र उपभोग्य मिति अनिवार्य रुपमा राख्न निर्देशन दिएपछि सो निर्देशन कार्यान्वयन गर्न आग्रह गरिएको श्रेष्ठले बताए । 

मिठाई विक्रि वितरण गर्ने पसलेहरुले अनिवार्य रुपमा मिठाईको नाम, मुख्य सम्मिश्रण, प्रयोग भएको तेल÷घीउको नाम, उपभोग गरिसक्नुपर्ने मिति र मूल्य राख्नुपर्ने विभागको निर्देशन रहेको छ । सोही निर्देशन कार्यान्वयन गर्न मिठाई पसलहरुमा अनुगमन गरिएको र निर्देशन कार्यान्वयन गर्न आग्रह गरिएको श्रेष्ठले बताए । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update