Sagun Khabar
कसले बुझ्ला नवीन र गौराको पीडा ? 
फोटो : आमा बुवा गुमाएका नवीन र गौरा लावड

बैतडी–बैतडीको पाटन नगरपालिका वडा न. ४ जेउडेका भालु लावडको ८ दिनअघि निधन भयो । अहिले उनका १२ बर्षीय नाबालक छोरा नविन किरियामा बसिरहेकाछन् । नाबालक नविनको परिवारमा अहिले २जना मात्रै छन् । आफु र ९ बर्षीया बहिनि गौरा । उनिहरुको साहारा भन्नु कोही पनि छैन् । घरमा एकछाक टार्न अन्न छैन् । बुवाको शव घाटसम्म पु¥याउन उधारोमा किनेको कात्रोका पैंसा समेत तिर्नै बाँकी छ । 

 भालु लावडको यहि वैशाख १० गते ५० बर्षको उमेरमा छातीको रोगका कारण निधन भएको हो । उनले २ ओटा विवाह गरेका थिए । पहिलो श्रीमतिको २० बर्ष अगाडी मृत्यु भयो । पहिलो श्रीमतिबाट जन्मिएकी छोरी रबिनाको बिहे भैसकेकाले उनी पराई घरमै बस्छिन् । पहिलो श्रीमतिको मृत्यु पछि भालुले दोश्रो विवाह भानुसंग गरेका थिए । भानुबाट जन्मिएका छोराछोरी हुन नविन र गौरा । 

स्वास्थ्य सन्देश
Atrya hospital

भानु १० महिनाअघि दम रोगले रोगले यो संसारबाट अलप भईन्  । श्रीमतिको मृत्युपछि भालुले मजदुरी गरेर छोराछोरीको रेखदेख गर्दै आएको ८ दिन अघि उनी पनि यो संसारबाट बिदा भए । आमा र बुवा दुवैले नर्फकने गरेर छोडेपछि नविन र गौराको बिचल्ली भएको छ । 

नाबालक नविन र गौराका साहारा बनेका ठुलाबुवा ६५ बर्षिय हरिजीत लावडको पनि आफ्नै समस्या छ । १० जनाको संयुक्त परिवारमा छोरा अर्जुनले मजदुरी नगरेसम्म घरको चुल्हो बल्दैन् । चुहिने छानो भएको सानो यो घरमा १० जनाको परिवार बस्छ । भाईको किरियामा बसेका हरिजीतले भने ‘भाईले लालाबाला छोडेर गयो । कसरी यिनीहरुको पालनपोषण गर्नु ? एक छाक टार्न पनि समस्या छ ।’

उनको यो पीडाको बिषयमा जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी बैतडीका उपप्राध्यापक तथा सामाजिक अभियान्ता मानबहादुर चन्दले सामाजिक सञ्जाल मार्फत आग्रह गरेपछि अहिले सहयोग रकम जुट्न थालेको छ । ‘नवीन र गौराको समस्या देखि पछि मैले सामाजिक सञ्जाल मार्फत सहयोगको आग्रह गरेको हुँ । अहिले केही रकम संकलन समेत भएको छ । यसले पीडितको पीडामा मलम लगाउने काम गर्नेछ ।’

विद्यालय उमेरका यी टुहुरा बालबालिकाको लागि सहयोग भएमा उनीहरुलाई पढाई खर्च समेच जुट्ने चन्दले बताए । 

कसैले यी टुहुरा नाबालक (नविन र गौरा)को पिडामा मलम लगाउन सहयोग गर्न चाहेमा तपसिल अनुसार सम्पर्क गर्न सकिनेछ । 

Mahesh prasad awasthi 
global ime bank gothalapani baitadi branch
account no. 3107010009947 E sewa - 9858752099
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update