Sagun Khabar
एकैदिन ५७ सय २७ संक्रमित थपिए, ३३ जनाको मृत्यु

काठमाण्डौं– पछिल्लो २४ घन्टामा देशभर पाँच हजार ७२७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

​स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ३९१ जनाको पिसिआर र ५ सय २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७२७ जना संक्रमित भेटिएका हुन्। याे एकैदिन भेटिएको अहिलेसम्मकै उच्च संख्या हाे।

स्वास्थ्य सन्देश
Atrya hospital

योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २३ हजार १८७ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३८ हजार ८१३ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज ३३ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। आज देशभर ९२८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ८१ हजार ९५ जनाले कोरोनालाई जितेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

आज देशभर ५५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update