Sagun Khabar
बैतडीको झुलाघाट सहित १३ नाका मात्रै खुला रहने 

बैतडी–कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति सीसीएमसीले भारतसंग सीमा जोडिएका १३ नाका मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ । यो निर्णयसंगै सुदूरपश्चिमका तीन ओटा नाका बैतडीको झुलाघाट, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गडडचौकी नाका खुला रहनेछन् ।

३५ नाका माध्ये अन्य २२ नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । १३ नाका मात्रै सञ्चालनमा ल्याउने निर्णय भएको छ । सरकारले क्वारेन्टाइन सतिह खुला राखेका अन्य नाकाहरूमा काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, र कोलुघाट रहेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै  निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको बैठकले निषेधाज्ञा लागू भएका जिल्लामा एक चौथाइ कर्मचारी राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै सरकारी कार्यालय र बैंक वित्तीय संस्थाका थोरै कार्यालय मात्र खुल्नेछन् ।

यस्तै बैठकले सङ्घीय मन्त्रीलाई प्रदेश समन्वय गर्ने गरी खटाउन मन्त्रिपरिषदमा सिफारिस पनि गरेको छ । यसका साथै बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय पनि गरेको छ । यदि निर्माण कार्य सुरु गर्ने भए कामदार, कर्मचारीलाई निमार्णस्थलमा नै राख्नुपर्ने छ । उद्योगहरू सञ्चालन गर्ने भए मजदुर, कर्मचारीलाई उद्योग परिसरभित्र नै रहने गरी सञ्चालन गर्न निर्देशन पनि दिएको छ ।

बैठकले निजी अस्पतालहरूलाई कोभिड अस्पतालको रूपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको छ । विदेशबाट नेपाल आएका विदेशीले क्वारेन्टाइन बस्न अनिवार्य गर्ने र नमाने डिपोट गर्ने पनि निर्णय गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update