Sagun Khabar
बैतडीमा डुंगा पल्टिँदा एकजनाको मृत्यु, एक जना बेपत्ता 

बैतडी–बैतडीमा डुंगा पल्टिँदा एकजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका १ स्थित खाँड घाटमा बुधबार साँझ ६ बजेतिर डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

डुंगामा १० जना सवार रहेका र ती मध्ये ५ जना चालक र ५ जना यात्रु रहेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । ५ जना यात्रु मध्ये डुंगा पल्टिँदा दुईजना बेपत्ता भएकोमा एक बालिकाको शव फेला परीसकेको छ भने एकजना बालक बेपत्ता रहेका उनले बताए । 

डुंगा मार्फत महाकाली नदी तरेर भारत तर्फ जाँदै गर्दा भारतीय छेउतिर डुंगा पल्टेको हो । भारतीय छेउतिर पुग्नै लाग्दा ढुंगामा ठोक्किएर डुंगा पल्टिएको अध्यक्ष साउँदले बताए । 

Atrya hospital

बेपत्ताको खोजी कार्य जारी रहेको छ भने मृतक र बेपत्ताको नाम खुल्न नसकेको अध्यक्ष साउँदले बताए । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

डुंगामा सवार व्यक्तिहरु पुख्र्यौली घर बैतडी भई भारतमै बस्दै आएका र दशैंको पूजाआजापछि भारततिर फर्किन लागेका बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update