Sagun Khabar
महाकाली अस्पताललाई बेदकोट नगरपालिकाद्वारा १० लाख सहयोग 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको महाकाली अस्पताललाई अक्सिजनको सहज आपूर्तीका लागि वेदकोट नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको छ ।

कोरोना भाइरसको महामारीकाबीच अस्पतालमा अक्सिजन अभाव भएको खबर पाएपछि नगरपालिकाको तर्फबाट सो रकम सहयोग गरिएको नगरपालिकाका प्रमुख अशोक चन्दले बताए ।

कोरोना रोकथाम,नियन्त्रण र उपचारमा सहज होस भनेर नगरपालिकाका तर्फबाट सहयोग गरिएको उनले बताए  । आइतबार अस्पतालमै पुगेर नगर प्रमुख चन्दले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र अस्पतालका मेसुलाई चेक हस्तान्तरण गरेका हुन् । 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update