Sagun Khabar
कञ्चनपुर र कैलालीमा २८ जना जुवाडे पक्राउ, झण्डै डेढ लाख बरामद 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कञ्चनपुर प्रहरीले जुवाखालबाट १४ जनालाई पक्राउ गरेको छ । सोमबार राति कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने ४० वर्षीय भिमबहादुर बोहराको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

बोहरा लगायत १४ जनाबाट नगद ९३ हजार १ सय ८५ र ३ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पक्राउ परेका सबैमाथि थप आवश्यक अनुुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

यस्तै धनगढीमा प्रहरीले झण्डै ५० हजारसहित १४ जना जुवाडे पक्राउ गरेको छ । सोमबार राति उपमहानगरपालिकाको वडा नम्बर ७ बेली बजारस्थित कुल बहादुर चौधरीको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update