Sagun Khabar
कञ्चनपुरमा ‘ग्याङ’फाइट, प्रहरीका असइ समेत घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर–कञ्चनपुरमा हिजो लक्ष्मी पूजाको दिन युवाहरुको समूहबीच कुटाकुट भएको छ । बेदकोट नगरपालिका–८ गैलनदीमा युवकको एक समूहले अर्को समूहमाथि आक्रमण गरेको थियो । त्यसपछि आक्रमणमा परेर घाइते भएकाहरुलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको थियो ।

सोही क्रममा फेरि आक्रमणका लागि अस्पताल पुगेको युवकको समूहलाई रोक्न खोज्दा एक प्रहरीमाथि पनि आक्रमण भएको छ । प्रहरीका अनुसार वडा प्रहरी कार्यालय महेन्द्रनगरका एक असइ घाइते भएका हुन् । उनको हातमा समान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाने बताए ।

घटनामा संलग्न ५ युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । अन्य युवकहरुको खोजी भइरहेको बताइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update