Sagun Khabar
कञ्चनपुरमा लागु औषध सहित दुई जना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित २ जना पक्राउ गरेको छ । बेलौरी नगरपालिका–४ बेलौरी बजारबाट करिब २ ग्राम अवैध लागुऔषध खैरो हेरोइन र २ ग्राम चरेस जस्तो देखिने पदार्थसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बेलौरी नगरपालिका–६ बस्ने २० वर्षीय अकाश बोहरा र २१ वर्षीय राकेश बोहरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update