Sagun Khabar
कञ्चनपुरमा कांग्रेसको ६ ओटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन 

कञ्चनपुर –नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत कञ्चनपुरका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका पदाधिकारी निर्वाचन प्रक्रियाबाट चयन भएका छन् । 

शुक्रबार भएको निर्वाचनबाट ६ वटै प्रदेशसभा क्षेत्रमा नयाँ  नेतृत्व चयन भएको हो । निर्वाचन क्षेत्र नं १ को (क) मा सभापति पदमा मानबहादुर रोकाया निर्वाचित भएका छन् ।  यस्तै निर्वाचन क्षेत्र नं १ को (ख) मा सभापतिमा चेतनकुमार राई निर्वाचित भएका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

निर्वाचन क्षेत्र नं २ को (क)  मा झंकर खड्का (पुरन) सभापतिमा निर्वाचित भएका छन् भने,  क्षेत्र नं २ कै(ख)को सभापतिमा करनसिंह ऐर विजयी भएका छन् ।  

निर्वाचन क्षेत्र नं ३ को (क) मा पदमराज अवस्थी र क्षेत्र नं ३ को (ख) मा पुष्कर जोशी सभापतिमा निर्वाचित भएका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update