Sagun Khabar
टी–२० विश्व कप एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले आज भुटानसँग खेल्दै

काठमाण्डाै - आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज भुटानसँग खेल्दैछ ।

नेपाल र भुटानबीचको खेल दुबईमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाललाई हङकङले ६ विकेटले हराएको थियो । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो ।

स्वास्थ्य सन्देश
Atrya hospital

छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ टोली सहभागी छन् । वरीयतामा नेपाली महिला टोली १४ औं स्थानमा छ । त्यस्तै यूएई १७ औं, हङकङ २५ औं, कुवेत ३४ औं र भुटान ४४ औं स्थानमा छ ।  छनोटमा विजेता टोलीले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update